७ माघ, नुवाकोट । लिखु गाउँपालिकाको प्रशासकीय कार्यालय भलाद्मीडाँडामा स्थानान्तरण भएको छ ।
स्थानीय तहको निर्माणसँगै भाडाँमा रहँदै आएको गाउँपालिकाको प्रशासकीय कार्यालय ३ नम्बर वडामा रहेको नवप्रकाश माध्यामिक विद्यालयको भवनबाट सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
शाखाहरूलाई एकीकृत गर्नका लागि नयाँ स्थानान्तरण गरिएको छ । विद्यालयमा विद्यार्थी संख्या कम भएकाले नवप्रकाश माविको भवनलाई प्रयोगमा ल्याईएको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाको स्थायी भवन निर्माणका लागि सिँचाइ डिभिजनको साँढे ४ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नयाँ भवन निर्माणका लागि चालु आवमा बजेटसमेत विनियोजन भइसकेको छ ।
गाउँपालिकाले नयाँ भवन बनाउने प्रक्रिया सुरु गरेसँगै पालिकाको कार्यालय पनि स्थानान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया