१७ पुस, नुवाकोट । विदुर नगरपालिका वडा नं. १३ स्थित सामरी खोलामा पक्कि पुलको शिलान्यास भएको छ ।
मङ्गलबार विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले पक्कि पुलको शिलान्यास गरेका हुन् ।
बागमती प्रदेश सरकारबाट बजेट प्राप्त भएर पुल निर्माण सुरु गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
पुलको लागत तीन करोड १६ लाख रुपैँया रहेको १३ नम्बर वडाका अध्यक्ष भरतबहादुर तामाङ जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार आगामी वर्षको पुस ४ गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ ।

प्रतिक्रिया