विदुर, मङ्सिर २१ । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ (नुस्कुन)ले विदुरमा संगठनात्मक दिगोपन र संस्थागत सेवाहरुको लागि सहकारी (कोसिस) अभिमुखिकरण कार्यक्रम गरेको छ ।
बिहिबार नुस्कुनको आयोजनामा भएको कार्यक्रममा जिल्ला बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)को प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा प्रोस्कुनका महासचिव काफ्लेले साकोसहरुको दिगोपना, सुशासन र स्व-नियमनका लागि कोसिस कार्यक्रम नुस्कुनसँगको साझेदारी अन्तर्गत सञ्चालन भएको र यसले साकोसहरुको वित्तीय स्वास्थ्य स्वस्थ रहनको लागि अत्यावश्यक भएको कुरामा जोड दिँदै सम्पूर्ण साकोसहरुलाई कार्यक्रममा आवद्धताको लागि सुझाव दिए ।
विदुर नगरपालिका सहकारी शाखाका प्रमुख नानीमैया नेपालले जिल्ला बचत तथा ऋण सहकारी सङ्घले शुसासन र स्वनियमनका लागि यस्ता कार्यक्रम सञ्चालन गर्न लागेकोमा सङ्घ प्रति धन्यवाद व्यक्त गरिन् ।
नुस्कुनका अध्यक्ष श्रेष्ठले बचत सङ्घको हालको अवस्था र जिल्लामा साकोसहरुको क्षमता अभिवृद्धिका लागि वागमती प्रोस्कुनसँग साझेदारी गरि कोसिस कार्यक्रम र अन्य शिक्षा तथा तालिमहरु र सिकाई आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने सक्षम र दिगो साकोसको सङ्घ बनाउने अभियानमा लागेको बताए ।
कार्यक्रममा वादे श्रेष्ठले आफु आबद्ध प्रारम्भिक सहकारी चण्डेश्वरी साकोसको सबल पक्ष र समग्र साकोस अभियान र बागमती प्रोस्कुनको भूमिका र कार्यहरुको बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा नुस्कुनसँग आबद्ध २२ सदस्य संस्थाका अध्यक्ष, पदाधिकारी र व्यवस्थापकहरुको सहभागीता रहेको नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
अभिमुखिकरण तालिममा बागमती प्रोस्कुनका कार्यक्रम अधिकृत विमला पुडासैनीले सहजीकरण गरेकी थिईन् ।

प्रतिक्रिया