+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकलाई ‘बैंक अफ द ईयर-२०२४’ को अवार्ड

bank of the year award
डबली खबर
१ साल अगाडी

काठमाडौं, मङ्सिर १९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट सम्मानित भएको छ ।

संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ४ अर्थात् मङ्सिर १८ मा भएको एक कार्यक्रमबीच विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउदैै आइरहेकोे सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका छन् ।

समारोहमा करिव १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरु गरि करिव ३०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौंसला मिलेको बताए ।

द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र यसैअनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ