+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल अस्पतालमा स्वास्थ्य बीमा लागू

building nepal aspatal private limited
डबली खबर
१ साल अगाडी

नुवाकोट – निजी लगानीमा सञ्चालित नेपाल अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ ।

विदुर नगरपालिका-१ ढुङ्गेस्थित अस्पतालमा यहि पुस १ गतेदेखि स्वास्थ्य बीमा सदस्यले स्वास्थ्य बीमा कार्यक्रमका उपचार अस्पतालमा सेवा लिन सकिने अस्पतालका निर्देशक राजु अमात्यले जानकारी दिए । स्वास्थ्य बीमा सदस्यले उपचार गर्न २० प्रतिशत सहभुक्तानी तिरी सेवा लिन सकिने उनले बताए ।

स्वास्थ्य बीमा बोर्डले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सह भुक्तानी गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य बीमा कार्यक्रममा प्रति परिवार ५ जना सदस्य भएकोले बार्षिक ३५०० रुपैयाँ तिर्दा बार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ