+
Search

ताजा अपडेट +

पपुलर +

मगर कोषले बाँड्यो बोनस

magar program
डबली खबर
१ साल अगाडी

नुवाकोट – शनिबार मगर बचत तथा कर्जा लगानी कोषको विदुरमा १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इञ्चार्ज भगवान रानामगरको प्रमुख अतिथ्यता रहेको थियो। जिल्ला इञ्चार्ज रानामगरले विनिमय र साधारणसभामा पारित संस्थागत प्रतिवेदन र आर्थिक प्रतिवेदन संचालक समितिले कार्यान्वयन गरि शेयर सदस्य र शेयर पुँजी बढाउनु पर्नेमा विशेष जाेड दिए ।

कोषमा अधिकतम २५ हजार र न्युनतम पाँच हजार शेयर रहेकाे काेषमा अधिकतम शेयरधनीलाई आठ हजार ७५० रुपैँया र न्युनतमलाई एक हजार ७५० रुपैँया बाेनस नगद रकम वितरण गरिएको काेषाध्यक्ष लक्ष्मी आले थापामगरले जानकारी दिईन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष विश्वराज जर्गा थापामगरले संस्थागत  प्रतिवेदन अध्यक्षले प्रस्तुत गरेका थिए। संस्थाका सचिव ईश्वर थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ