+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो
डबली खबर
१ साल अगाडी

नुवाकोट – त्रिशूली अस्पतालले ३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ। यसवर्ष ‘सम्मानित बुढ्यौली: विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारा रहेको छ ।

मङ्गलबार (आज) अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच अस्पतालका ज्येष्ठ नागरिक सेवाग्राहीहरुसँग मनाएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताए ।

कार्यक्रममा निर्देशक डा. लामाले अस्पतालबाट जेष्ठ नागरिकलाई प्रदान गर्दै आईरहेको सेवा र सुविधाबारे जानकारी गराएको थियो ।

अस्पतालबाट चालुआर्थिक वर्ष २०८१/०८२ को साउनमा २२ जना र भाद्रमा १३ जना जेष्ठ नागरिकले जेरियाट्रिक सेवा लिएका छन् ।

राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ