विदुर – मानव अधिकार तथा शान्ति समाज नुवाकोटको अध्यक्षमा पुन: नारायणमान डङ्गोल सर्वसम्मत चयन भएका छन्।
आज शनिबार भएको १६ औं साधारणसभाबाट डङ्गोलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
समाजको उपसभापति नानीकाजी प्याकुरेल, सचिवमा मछिन्द्र खड्का, सहसचिवमा रामप्रसाद रिमाल र कोषाध्यक्षमा गीता पुडासैनी चयन भएका छन्।
यस्तै, सदस्यहरुमा मीनबहादुर श्रेष्ठ, अर्जुन गिरी, मेनुकादेवी श्रेष्ठ, देउती अधिकारी, मानबहादुर खड्का र भोजबहादुर नेपाली चयन भएका छन्।

प्रतिक्रिया