+
Search

ताजा अपडेट +

पपुलर +

सुलभ कर्जाको लागि सम्झौता

mbl fewan
डबली खबर
१ साल अगाडी

काठमाडौं – मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ ।

महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पु¥याउने उद्देश्य सहित सम्झौता भएको हो । एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ