नुवाकोट – साउन २३ गते भएको एयर डाइनेस्टी ९ एन-एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बिहीबार बिहान निरीक्षण गरेका छन् ।
बिहीबार बिहान मन्त्री पाण्डेले शिवपुरी गाउँपालिका-७ सुईरे पुगेर हेलिकप्टर दुर्घटनास्थल क्षेत्र निरीक्षण गरेका हुन् ।
निरीक्षणमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी, नुवाकोटका प्रहरी प्रमुख रहेका थिए ।
हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
रसुवाको स्याफ्रुबेंसीका लागि काठमाडौंबाट उडेको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया