+
Search

ताजा अपडेट +

पपुलर +

“फर्जी विद्यार्थी भर्ना गरेका छैनौ”: प्रधानाध्यापक राउत

डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाको सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । असार २४ गते पिडित विद्यार्थीहरुले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई निवदेन बुझाएका थिए।

विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले विद्यालयले फर्जी विद्यार्थी भर्ना नगरेको बताए । “विद्यार्थीबाट कुनै शुल्क पनि लिएको छैन”, उनले भने “रजिष्ट्रेशन ठुलो होइन, तर विद्यार्थीले सोही सङ्कायको परीक्षा दिए मात्र गलत हुनेछ ।”

“सामाजिक सञ्जालमार्फत् फर्जी विद्यार्थी भर्ना गरेको भनी आरोप लगाएको सुनेको छु”, उनले भने “प्रशासनमा दिएको निवेदनको आधारमा तथ्यसत्य बुझेर मात्र यस बारेपछि प्रष्ट पार्नेछु ।”

प्रशासनमा दिएको निवेदनका अनुसार हाल कक्षा १२ मा अध्ययन गर्दै आएका २६ विद्यार्थीहरुको फोटो, एसइइको लाब्धांक, शैक्षिक प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र जस्ता कागजको अनाधिकृत प्रयोग गरी अन्य सङ्कायमा भर्ना फारम भरेको आरोप लगाएको छ । भर्ना फारामअनुसार प्रवेश परिक्षामा समेत ती विद्यार्थीको नाममा अरु कसैले परिक्षा दिएको उल्लेख छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत विद्यालयमा सिभिल इञ्जिरियरिङ अध्ययनको लागि फारामनै नभरेको अवस्थामा अनाधिकृत भर्ना गराई रजिष्ट्रेशन नम्बर समेत लिनुको साथै आवश्यक दस्तुर फर्जी विद्यार्थीको नाममा बुझाएकोमा तथ्यसत्य छानविनको लागि माग गरेको छ ।

एकै समयमा दुईवटा सङ्कायबाट फर्जी रजिष्ट्रेशन नम्बरले कार्यबाट थप अध्ययनमा समेत समस्या हुनसक्ने भनि आवश्यक सहजीकरणको लागि माग गरेको छ ।

आफ्नो नाममा फर्जी भर्ना गरेकोमा दु:ख लागेको एक पिडित विद्यार्थीले नाम नखुलाउने सर्तमा भने “हाम्रो नाममा विद्यालयले यस्ताे गर्छ भनेर हामीलाइ नै थाहा छैन ।”

उजुरी पत्र

fake student letter
fake student letter 1

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ