+
Search

ताजा अपडेट +

पपुलर +

बट्टार युथ र न्यु भिजन क्लब फाईनलमा

first dhruva amatya memorial football cup in nuwakot battar
डबली खबर
२ साल अगाडी

नुवाकोट – प्रथम ध्रुव अमात्य स्मृति कप फुटबल प्रतियोगितामा बट्टार युथ क्लब र न्यु भिजन युथ क्लब फाईनलमा प्रवेश गरेका छन् ।

आज शुक्रबार भएको दोस्रो सेमिफाईनलमा न्यु भिजन युथ क्लबले थ्रीडी युवा क्लबलाई २-१ गोल अन्तरले फाईनल प्रवेश गरेको हो ।

यस्तै, पहिलो सेमिफाईनल खेलमा तप्त युवा क्लबलाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै आयोजक बट्टार युथ क्लब फाईनल प्रवेश गरेको हो ।

बट्टार युवा क्लबको आयोजनामा विदुर गाउँपालिका वडा नम्बर ४ बट्टारमा भईरहेको नुवाकोट जिल्ला क्लबस्तरीय प्रतियोगिताको फाईनल खेल भोलि वैशाख २२ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता र उपविजेताले एकलाख र ५० हजार नगदसहित प्रमाणपत्र र सिल्ड प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ