+
Search

ताजा अपडेट +

पपुलर +

मनोनयनको समय थप

Building of Federation of Nepali Journalists
डबली खबर
८ साल अगाडी

काठमाडौँ नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ ।

यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिनुभयोे ।

उम्मेदवारप्रति दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय शनिबारका लागि निर्धारण गरिएकामा सो कार्य सोमबारका लागि निर्धारण गरिएकोे निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षको नेतृत्वमा गठन हुने प्रदेश समितिमा उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय कार्यसमिति रहने छ ।

प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले समझदारी कायम गरी निर्वाचनमा भाग लिन लागेको भन्दै त्यसको विरोध स्वरुप क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाजले महासंघका कार्यालयहरुमा आज तालाबन्दी गरेको छ ।

तालाबन्दी भए पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सबै ठाउँमा उत्साहजनक रुपमा मनोनयन भइरहेको महासंघले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ