+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा केन्द्रीय सदस्य थपिए

cpnuml nepal head office building
डबली खबर
२ साल अगाडी

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सदस्य थपिएका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुने ६ मध्ये ५ जना पार्टीको प्रदेश समितिका पूर्वअध्यक्षहरु रहेका छन् ।

मनोनित सदस्यहरुमा बागमतीका केशवराज पाण्डे, कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका अध्यक्ष दीपक कार्की रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ