+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य चौकीलाई उपकरण हस्तान्तरण

jyoti bikas bank handover baby warmer to khadgabhanjhyang health post nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – ज्योति विकास बैंकले नेपालका दुई स्वास्थ्य चौकीलाई नवजात शिशुलाई न्यानो बनाउने उपकरण हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नुवाकोटको खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित बेबी वार्मर हस्तान्तरण गरिएको छ । नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त उपकरण प्रदान गरिएको बैंकले जनाएको छ ।

विदुर नगरपालिका-३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउने सेवाग्राही प्रत्यक्ष रुपमा लाभान्वित हुनेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ