+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

samajbadi bhukampa cheque handover to PM Prachanda
डबली खबर
२ साल अगाडी

काठमाडौं – नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ ।

बालुवाटारमा पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको समाजवादीले जनाएको छ ।

सहयोग रकम हस्तान्तरणसँगै पार्टी अध्यक्ष नेपालले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ