+
Search

ताजा अपडेट +

पपुलर +

जेस्मको ‘सर्ट टर्म मेमोरी लस’

jems pradhan short movie short term memory loss
डबली खबर
२ साल अगाडी

गायक तथा सङ्गीतकार जेम्स प्रधानको निर्देशनमा तयार भएको लघु चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ सार्वजनिक भएको छ। यसैबाट प्रधानले निर्देशनमा डेब्यु गरेका छन् । एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने सङ्केत गरे ।

इन्टरनेटको माध्यमले आफूले सिकेको शिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने । उनको यो दोस्रो सर्ट फिल्म हो ।

गायिका आनी छोइङ डोल्माले फिल्म निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको जानकारी थियो । ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन । यसलाई त्यसकै सुरुआतकको रुपमा समेत बुझ्न सकिन्छ’,जेम्सले भने ।

सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो चलचित्र १९ लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ