+
Search

ताजा अपडेट +

पपुलर +

वाणिज्य निर्वाचन: काँग्रेसबाट अमात्यसहितको चार उम्मेदवार आधिकारीक (संशोधित समाचार)

ncci nuwakot election nuwakot nepali congress
डबली खबर
३ साल अगाडी

विदुर – व्यवसायीको छाता सङ्गठन नुवाकोट उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा नेपाली काँग्रेसले पार्टीको आधिकारिक उम्मेदवारी नामावली घोषणा गरेका छन् ।

बुधबार साँझ बसेको वाणिज्य संघको जिल्ला अधिवेशनको सन्दर्भमा गठित कार्यदलको बैठकले नेपाली काँग्रेसले वरिष्ठ उपाध्यक्ष पदमा गीता अमात्यसहितको अन्य प्रमुख पदको लागि नामावली घोषणा गरिएको पार्टीका सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

वाणिज्य संघको ११औं अधिवेशन निर्वाचनको लागि काँग्रेसले महासचिवमा उपेन्द्र बुढाथोकी, सचिवमा मधुसुदन थपलिया र कोषाध्यक्षमा मेघनाथ घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

वैशाख ५ गते उम्मेदवारी मनोनयन पत्र दर्ता र आज ६ गते उम्मेदवारको नाममाथि दावी विरोध छानविन तथा उम्मेदवारको दोश्रो नामावली प्रकाशन समयावधि तोकिएको थियो ।

वाणिज्य निर्वाचन यहि वैशाख ९ गते ईलम प्रशिक्षण केन्द्र विदुरमा बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ।

* सदस्यता कारवाही गरिएको निर्णय आधिकारिक नभएकोले समाचार संशोधन गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ