+
Search

ताजा अपडेट +

पपुलर +

वाणिज्य संघका सदस्यलाई प्रवेश नि:शुल्क

डबली खबर
८ साल अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई पाँचौं नुवाकोट महोत्सवमा नि:शुल्क प्रवेश दिने भएको छ ।

बुधबार बसेको संघको बैठकले संघका सदस्यहरुलाई फागुन १६ देखि २६ गेतसम्म सञ्चालन हुने ११ दिने महोत्सवमा नि:शुल्क प्रवेश पास उपलब्ध गराउने निर्णय गरेको हो । संघले आउँदो फागुन १२ गतेसम्म संघको सदस्यता लिने तथा सदस्यता नवीकरण गराउनेले मात्र यो सुविधा प्राप्त गर्ने संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिए ।

संघले आफ्ना सदस्यहरुलाई महोत्सवमा स्टल राख्न चाहेमा २५ प्रतिशत छुट दिने व्यवस्था समेत गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ