+
Search

ताजा अपडेट +

पपुलर +

‘स्वतन्त्र’ पक्षधरहरुको गठबन्धनलाई समर्थन

som bahadur lama belkotgadhi nuwakot
डबली खबर
३ साल अगाडी

बिदुर । गत स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिका-१३ मा वडाध्यक्ष पदमा उमेदवारी दिएका सोमबहादुर लामासहित उनी पक्षधर एकसय ३८ जनाले आगामी निर्वाचनमा नेपाली काँग्रेस नेतृत्वको संयुक्त गठबन्धनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बर्तमान अवस्थामा नुवाकोट क्षेत्र नम्बर २ को वास्तविक प्रतिनिधित्व संयुक्त गठबन्धनले मात्र गर्नसक्ने भएकाले आफूहरुले गठबन्धनलाई समर्थन जनाएको उनीहरुको भनाई छ ।

आईतबार मदानपुरको बाराहीमा आयोजित कार्यक्रममा वडाध्यक्षका उमेदवार लामाले यस क्षेत्रमा रहेका आदिवासी जनजातीको अत्यधिक समर्थन गठबन्धनको पक्षमा रहने र समग्र जिल्लामा आफ्नो समूह गठबन्धन जिताउन क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

गत स्थानीय निर्वाचनमा ७०३ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको बेलकोटगढी–१३ मा निकटतम प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका उम्मेदवारले ४१७, एमालेका उम्मेदवारले ३९४ र स्वतन्त्र उम्मेदवार लामाले २३८ मत ल्याएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ