+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ त्रिशुली पक्की पुलको शिलान्यास

trishuli bridge inauguration
डबली खबर
३ साल अगाडी

त्रिशुली – नुवाकोटको विदुर नगरपालिका–१ धोवीखोलास्थित त्रिशुली र ढुंगे जोड्ने त्रिशुली खोलामा नयाँ पक्की पुल बन्ने भएको छ । त्रिशुली खोलामा निर्माण हुन लागेको पक्की पुलको विदुर नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्‍जितले जेष्ठ २४ गते शिलान्यास गरेका हुन् ।

वडा अध्यक्ष रञ्‍जितले नगरको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको भन्दै वडामा निर्माण हुन लागिएको चक्रपथको अवधारणाअनुसार काम गरिने बताए । तत्कालिन पश्चिम क्षेत्र नम्बर १ को प्रमुख नाकाको रुपमा रहेको साँघु बजार अहिलेको त्रिशुली बजारको खस्किएको व्यापारलाई प्रबर्द्धन गर्न नयाँ पुलको निर्माणले टेवा पुग्ने बताए ।

“०१७ सालमा निर्मित त्रिशुली पुल जिर्ण हुदैं गईरहेको छ, शहरी विकाससँगै साँघुरो पनि हुँदै गईरहेको र पिक टाईममा ट्राफिक जामको समस्या झेल्नुपरिरहेको अवस्था छ”, उनले भने “पुल निर्माण भएपछि नयाँ र पुरानो पुलमा एकतर्फी नियम लागू गरी ट्राफिक व्यवस्थापन गरिने छ। जसले गर्दा त्यहाँका व्यापार प्रबर्द्धनमा टेवा पुग्नुको साथै बिरामीलाई त्रिशुली अस्पतालसम्म पुग्न पनि सहज हुनेछ ।”

नेपाल सरकारको नीतिअनुसार ११ मिटर भन्दा सानो बनाउन नमिल्ने र हाल पुल रहेको सोहि स्थानमा नयाँ पुल बनाउँदा क्षति धेरै हुने भएकोले धोवीखोलामा पुल निर्माण हुन लागिएको उनले बताए । सांसद नारायणप्रसाद खतिवडा र विदुर नगरपालिकाका तत्कालिन मयेर सञ्जु पण्डितको पहलमा बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट पुल निर्माणमा हुन लागिएको उनले जानकारी दिए ।

हिमडुङ एण्ड थोकर गणेशकुण्डले ठेक्का पाएको उक्त पुल आरसीसी बक्स ग्रिडर प्रि स्ट्रेसमा निर्माण हुनेछ । कुल लागत भ्याटसहित ८ करोड रुपैयाँमा निर्माण हुने पुलको ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ हुनेछ । दायाँबायाँ १ मिटर ७५ सेन्टिमिटर फुटपाथ रहने पुलको आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका राजेन्द्र थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ