+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य चौकीलाई जग्गा दान

स्वास्थ्य चौकीलाई जग्गा दान
डबली खबर
३ साल अगाडी

नुवाकोट – शहरी स्वास्थ्य चौकीलाई हर्कपुरका एक स्थानीय बासिन्दाले रु ५ लाखभन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।

विदुर नगरपालिका–१३ हर्कपुरका कृष्णप्रसाद लामिछाने पाँच आना जग्गा सहयोग गरेका हुन्। उनले प्रतिआना रु एक लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएको हो । स्थानीयको स्वास्थ्य उपचारमा सहज मिलोस् भनि स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको लामिछानेले बताए ।

केन्द्रीय सरकार र विदुर नगरपालिकाको समन्वयमा मालपोत कार्यालयमार्फत प्रक्रिया पुरा गरी जग्गा पास गरिएको विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

वैदेशिक रोजगारको क्रममा युएई पुगेका कान्छो छोरा गत २०७४ जेष्ठ ९ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए । ३० वर्षीय कान्छो छोराको सम्झनामा उक्त जग्गा दान गरिएको लामिछानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ