+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा एसकाे उम्मेदवारीहरु घाेषणा

nekapa ekikrit samajvad
डबली खबर
४ साल अगाडी

नुवाकोट – नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय आज बसेकाे बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे निर्वाचनमा आफनाे पार्टीको उम्मेदवारहरु घाेषणा गरेकाे छ।

शुक्रबार बसेको बैठकले नेकपा एसले स्थानिय तहकाे निर्वाचनलाई आफनाे पार्टीको तर्फबाट उम्मेदवारीहरु घाेषणा समेत गरेकाे हाे ।

विदुर नगरपालिकाकाे मेयरमा विदुर नगरपालिका-६ का वडाध्यक्ष राजु सडाैला, नेकपा एसका पार्टी उपसचिव उद्वव पनेरु र पार्टीका आर्थिक बिभाग प्रमुख रामकृष्णराज भण्डारीलाई सिफारिस गरेकाे छ।

बैठकले उपमेयरमा समाजवादी प्रेस संगठन नुवाकोटकी अध्यक्ष तथा नेकपा एसकी जिल्ला कमिटी सचिवालय सदस्य युवा नेतृ जमुना गजुरेल र जिल्ला कमिटी सदस्य धनकुमारी रिजाललाई सिफारिस गरेकाे छ ।

बैठकले शिवपुरी गाँउपालिकाकाे अध्यक्षमा पदम उप्रेती, तादी गाँउपालिकामा केपी लामिछानेलाई घाेषणा गरेकाे छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ