+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्सद्वारा शैक्षित सामाग्री वितरण

mero microfinance priovde education material in nuwakot and Rasuwa community school
डबली खबर
४ साल अगाडी

विदुर – मेरो माइक्रोफाइनान्स लघुवित्तले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ ।

उक्त संस्थाले नुवाकोटको विदुर नगरपालिकाको आंगुटारस्थित शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना विद्यार्थिहरु र बेलकोटगढि नगरपालिकाको कल्याणिदेवी माध्यमिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई शैक्षित सामाग्री वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिए।

यस्तै, रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँस्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई शैक्षित सामाग्री वितरण गरिएको छ । वितरण गरिएको सामाग्रीमा प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला रहेका छन्।

कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा विद्यार्थिहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ