+
Search

ताजा अपडेट +

पपुलर +

संगमको कुल सम्पत्ति ३० करोड नाघ्यो

corporate building of sangam saving & credit cooperative society limited
डबली खबर
४ साल अगाडी

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति ३० करोड नाघेको छ । आर्थिक वर्ष २०७७/०७८ को असारमसान्तसम्ममा कुल सम्पत्ति गत वर्षको तुलनामा करिब ३९ प्रतिशतले बढेर ३० करोड १५ लाख ६२ हजार ६५७ रुपैयाँ पुगेको छ ।

२०५३ साल पुष १५ गते तत्कालीन संगम बचत तथा ऋण परिचालन सहकारी संस्था लिमिटेडको रुपमा स्थापित संस्थाले मासिक २५ रुपैंयाँ बचतबाट स्थापना भएको संस्थाको शेयर पूँजी एक करोड ६८ लाख ७५ हजार रुपैया पुगेको छ ।

सहकारीको ऋण लगानी २३.५१ प्रतिशतले वृद्धि भई रु. २१ करोड ८६ लाख ५४ हजार ८६ रुपैया पुगेको छ । जगेडा कोष तथा कोषमा एक करोड २७ लाख ५२ हजार १८५ रुपैंयाँ रहेको छ ।

सहकारीले खुद नाफा १७ लाख ८१ हजार ९९५ रुपैयाँ मुनाफा गर्न सफल भएको छ । अघिल्लो आव २०७६/०७७ भन्दा ७६.४८ प्रतिशत अढि भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ