+
Search

ताजा अपडेट +

पपुलर +

फेसबुक र गूगल विज्ञापनको आधिकारिक रिसेलर- फिट इन्टरनेशनल

feat international logo nepal
डबली खबर
४ साल अगाडी

नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको फिट इन्टरनेशनल गूगलको एडको पनि आधिकारिक रिसेलर बन्ने भएको छ । 

गूगल एडको रिसेलर बन्ने प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै एक हप्ता भित्र गूगलसँग सम्झौता हुने फिट इन्टरनेसनलले जनाएको छ ।

फेसबुकमा मात्र सीमित नभएर नेपालमा धेरै प्रयोग भइरहेका सबै डिजिटल प्लेटफर्म ल्याउन खोजिरहेको फिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रवि सिंघलले बताए ।

फिटले फेसबुक र गुगलसँग भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ।

यी दुई साझेदारीले गुगल र फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ । 

अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट गुगल र फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् । 

फेसबुकको अनौपचारिक तथ्यांकअनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन् ।  जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ