+
Search

ताजा अपडेट +

पपुलर +

देशकै उत्कृष्ट त्रिशुली अस्पताल

district trishuli hospital nuwakot
डबली खबर
५ साल अगाडी

नुवाकोट – त्रिशुली अस्पताल देशकै पहिलो अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई त्रिशुली अस्पताल देशैभरिको अस्पतालमा पहिलो भएको छ ।

एक सय अंकमा त्रिशुली अस्पतालमा ८८ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो । मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौडा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले सो घोषणा गरेको हो ।

पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देश भरीका लागि आशा लाग्दो सन्देश रहेको स्वास्थ्य विभागको सामाजिक सेवा महाशाखाका निर्देशक रोशनी तुईतुई बताए । भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशुली अस्पताल लोभ लाग्दो रहेको उनको भनाई रहेको छ ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताए ।

स्वास्थ्य निर्देशनालय सोमवार त्रिशुली अस्पतालको विभिन्न पक्षहरुको परिक्षण गरेको थियो । विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाँडफाँड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा अनुगमन टोलीले जाँच गरेको छ । यो नुवाकोटको लागि गौरबको विषय रहेको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ