+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला सहकारी संघको अध्यक्षमा न्यौपाने

Gokarna Nath Neupane
डबली खबर
५ साल अगाडी

विदुर – जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समितिको अध्यक्षमा गोकर्णनाथ न्यौपाने चयन भएका छन् ।

बुधबार सम्पन्न २८औ साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्ष शिवप्रसाद अधिकारी, सचिव प्रकाशकुमार अधिकारी, सहसचिव ओमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा इन्दिरा मुडवरी, पवित्रा घिमिरे, धनकुमारी रिजाल, होमबहादुर तामाङ, सिता भट्टराई, नविन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरु, गोकर्ण रोक्का, सविनराज भण्डारी, प्रदिप अधिकारी, बाबुराम अधिकारी, कृष्ण बहादुर धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ र रामेश्वर खड्का रहेका छन् ।

यस्तै, नारायण श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा सरिता मोक्तान र नवराज पाण्डे रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ