+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा

The Burger House And Crunchy Fried Chicken Bidur Chowk Bidur Nuwakot
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – बर्गर पारखीहरूलाई लक्षित गर्दै “द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन” कम्पनीको ४८औं आउटलेट सञ्चालनमा आएको छ।

सातैवटा प्रदेश र सबै मुख्य शहरहरुमा शाखा विस्तार गर्ने अभियान अन्तर्गत विदुरको मुख्य चोकमै सञ्चालनमा हो ।

शुलभ मूल्यमा बर्गर र चिकेनको परिकारकाे स्वाद लिन पाइने उक्त रेष्टुरेन्टमा दक्ष र अनुभवी कुक र सेफहरुले उत्कृष्ट बर्गर र चिकेनको परिकारसहित आगन्तुकलाई स्वागत गरिने कम्पनीले दाबी गरेका छन् ।

नुवाकाेटमा बर्गर र चिकेनको लोकप्रियता बढेसँगै सो आवश्यकता पूर्ति गर्ने र सुलभ मूल्यमा रेष्टुरेन्ट आइटम उपलब्ध गराउनु आफूहरूको लक्ष्य रहेको प्रबन्धक जेबी लामाले बताए । 

उक्त हाउसमा बर्गर र चिकेनका साथै इन्डियन, चाइनिज, कन्टिनेन्टल र नेपाली परिकार उपलब्ध छन् ।

युवा व्यवसायी बसन्त लामाले २०७२ चैत २० गतेबाट काठमाडौंको शंखमूलबाट सुरु गरेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ अहिले देशभर विस्तार हुनेक्रममा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ