+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका करिब २६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईयो

vitamin a and parasitic health camp in nuwakot dabalikhabar
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – कोरोनाभाईरस महामारीकाबीच नुवाकोटका ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको छ।

जिल्लाभरका ५ वर्षसम्मका बालबालिकालाई ६ सय ८३ शिविर केन्द्र मार्फत् करिब २५ हजार ९ सय ७२ जनालाई भिटामिन ‘ए’ र २२ हजार ९ सय ४९ जनालाई जुकाको औधधि खुवाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले बताए। कार्यक्रमको लागि जिल्लाभरका १ हजार १ सय २३ जना स्वास्थ्य स्वयंसेविकाहरुलागि मास्क, पञ्जा र स्यानीटाईजरसहित स्वास्थ्य सुरक्षा अपनाई परिचालन गरिएको उनले बताए ।

बालबालिकालाई सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो। यो वर्ष विश्व महामारी कोरोनाभाइरसका कारण दोस्रो चरणको कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। सोही स्थगित कार्यक्रम हिजो (असार २२ गते) र आज (असार २३ गते) तय गरिएको हो। 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ