+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरमा थप १ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ७ पुग्यो

nuwakot coronavirus covid19 update
डबली खबर
५ साल अगाडी

नुवाकोट – तारकेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै नुवाकोटमा सङ्क्रमित संख्या ७ पुगेको छ।

संक्रमित व्यक्तिलाई जिल्ला अस्पतालको आइसोलेशनमा उपचारको लागि राखिएको जिल्ला जिल्ला स्वास्थ्य प्रमुख सागर प्रसाद घिमिरेले जानकारी दिए । संक्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसीङको कार्यको पनि अघि बढाईएको जानकारी दिए ।

हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमित १ जना निको भइ घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। जिल्लामा पिसीआर परीक्षण ४४४ जनाको गरिएकोमा ३४५ जनाको निगेटिभ आएको छ भने ९२ जनाको नतिजा आउन बाँकी रहेको खनालले जानकारी दिए।

यसैगरि नुवाकोटको क्वारेन्टाइनमा ५६५ जना रहेका छन्। स्थानीय तहले बनाएको क्वारेन्टाइनमा ५५९ जना र जिल्लास्तरीय क्वारेन्टाइनमा ६ जना रहेको छ। जसमा महिला ८९ जना र ४७६ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २५० संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६१४ पुगेको छ। तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।

सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ।  

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ