असोज २९, नुवाकोट । भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी लेदोयुक्त हिमबाढीबाट घरबार गुमाएकी शिक्षक मीरा सुवेदीलाई अर्किड एकेडेमी नुवाकोटले आर्थिक सहयोग उपलब्ध गराएको छ।
विद्यालयका प्रधानाध्यापक रामहरी रिमालका अनुसार शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन र विद्यार्थीको संयुक्त प्रयासबाट सङ्कलित एक लाख २१ हजार रुपैयाँ शिक्षक सुवेदीलाई हस्तान्तरण गरिएको हो।
यसअघि विद्यालयले प्याब्सन नुवाकोटलाई ६७ हजार रुपैयाँ सहयोग रकम बुझाएको थियो। प्याब्सन नुवाकोटबाट शिक्षक सुवेदीले थप ६० हजार रुपैयाँ प्राप्त गरेकी छन्।
बाढीबाट प्रभावित आफ्ना शिक्षकलाई सहयोग गर्नु विद्यालय परिवारको सामूहिक जिम्मेवारी रहेको प्रधानाध्यापक रिमालले बताए।