+
Search

ताजा अपडेट +

पपुलर +

अनुदानमा कफी र सुन्तला

office of belkotgadhi municipality
डबली खबर
३ महिना अगाडी

२८ फागुन, नुवाकोट । बेलकोटगढी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कफी र सुन्तलाका बिरुवा वितरण गर्ने भएको छ ।

नगर कार्यपालिकाले एक सूचना जारी गर्दै इच्छुक कृषि फर्म, समूह तथा सहकारीले आवश्यक पर्ने कफीका बिरुवाको विवरणसहित तोकिएको ढाँचामा माग प्रस्ताव पेश गर्न भनिएको छ ।

आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयको सिफारिससहित आगामी चैत ११ गते निवेदन बुझाउनुपर्ने छ ।

यस्तै

नगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कृषि कार्यक्रमअन्तर्गत कफी खेती विस्तारका लागि कृषि फर्म, समूह तथा सहकारीमार्फत कृषकलाई कफीका बिरुवा उपलब्ध गराउने जनाएको हो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ