+
Search

ताजा अपडेट +

पपुलर +

ऐतिहासिक नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण कार्यले पायो गति

The pace of reconstruction work at the historic Nuwakot Durbar Square
डबली खबर
५ महिना अगाडी

१० मङ्सिर, विदुर । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको नुवाकोट दरबार क्षेत्रस्थित ऐतिहासिक तुलजा भवानी (तलेजु) को मन्दिर र साततले दरबारको पुनर्निर्माण कार्यले औपचारिक रूपमा गति लिएको छ।

चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेका यी धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको जग सतह संरक्षणको कार्य अघि बढाउनका लागि आज शुभसाइत निकाली भूमि पूजा गरिएको हो ।

पुनर्निर्माण कार्यको सुरुवात गर्न आयोजित भूमि पूजा कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, जनप्रतिनिधि लगायतका विशिष्ट व्यक्तित्वहरूबाट पूजा सम्पन्न गरिएको छ ।

महानिर्देशक प्रधानाङ्गले तोकिएको समयसीमाभित्रै गुणस्तरीय काम सम्पन्न गर्नका लागि सबै सरोकारवालाहरूले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिईन् ।

विदुर नगरपालिकाले यो महत्वपूर्ण सम्पदाको पुनर्निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाउनको लागि आवश्यक सहयोग एवं सहजीकरण गरिरहेको जनाएको छ। नगरप्रमुख श्रेष्ठले नुवाकोटको पहिचान बोकेको यस सम्पदाको पुनर्निर्माणमा नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सहभागी चीन सरकारका प्रतिनिधिहरूले पनि निर्धारित समयभित्रै पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नुवाकोटको इतिहास र संस्कृतिलाई जीवन्त राख्ने यस पुनर्निर्माण कार्यले स्थानीय बासिन्दाहरूमा उत्साह थपेको स्थानीय रामहरी आचार्यले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ