३१ असोज, काठमाडौँ । सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ नारा सार्वजनिक गरेको छ ।
सिजीले उज्यालो भनेकै सिजी एलईडिहरु भन्ने मूल नारासहित अभियान सुरु गरेको जनाएको छ । यो अभियानको उद्देश्य नेपाली घरघरमा उज्यालो पुर्याउनु हो भन्ने मान्यता रहेको छ ।
सिजी एलईडिलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा कम्पनीले प्रस्तुत गरेको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ ।
२४ महिनाको वारेन्टीसहित बजारमा उपलब्ध सिजी एलईडि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाइट, ब्याटेन लाइट र विभिन्न रङ्गका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ ।
आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सिजी एलईडि उत्पादनहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन् ।
सिजी इलेक्ट्रिकका केन्द्रीय बजार प्रबन्धक मदन खनालका अनुसार सिजी एलईडिले केवल उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुसी र ताजगी पनि ल्याउँछ। सिजी इलेक्ट्रिक नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ रहेको उनले बताए ।
सिजी एलईडि उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन्।

प्रतिक्रिया