+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्ष रिमालको निधन

tarakeshwar rural municipality ward 6 narayan prasad rimal was dead
डबली खबर
९ महिना अगाडी

१९ साउन, विदुर । तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायणप्रसाद रिमालको उपचारको क्रममा निधन भएको छ ।

नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमालको सोमबार बिहान ३ बजे उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा निधन भएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

रिमाल निमोनिया लगायतको समस्या भएपछि केही दिनअघि वीर अस्पतालमा भर्ना भएका थिए ।

४४ वर्षीय रिमालले गत स्थानीय तहको निर्वाचनमा ४८० मत र ०७४ मा भएको निर्वाचनमा ३५१ मत प्राप्त गरी विजयी भएका थिए ।

यसैगरी, तारकेश्वर गाउँपालिकाले उनको निधन प्रति शोक व्यक्त गर्दै आज एक दिन शोक विदा दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ