+
Search

ताजा अपडेट +

पपुलर +

विपन्न महिलाहरुलाई बाख्रा वितरण

goat distribution in Kispang Rural Municipality Nuwakot
डबली खबर
१० महिना अगाडी

६ असार, नुवाकोट । विपन्न वर्गका नागरिकका छोराछोरी आर्थिक अभावमा अध्ययन बीचमा नै छोड्नुपर्ने बाध्यता हटाउन अभिभावकलाई आयआर्जनको लागि बाख्रा प्रदान गरिएको छ । किस्पाङ गाउँपालिका–३ काहुलेका विपन्न २० परिवारलाई २० वटा बाख्रा वितरण गरिएको हो ।

नेपालका असल मित्रहरू संस्थाको जि.एफ.एन. परोपकारी परियोजना आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत आर्थिक आयस्रोत तथा जिविकोपार्जनको बाख्रा वितरण गरिएको समाजसेवी डा. भिमलाल तामाङले जानकारी दिए । बालबालिकाको शिक्षाको लागि उन्नत जातका बाख्रापालनले अभिभावकको आर्थिक अवस्थामा सहयोग पुगेको उनले बताए ।

बाख्रा वितरण कार्यक्रममा किस्पाङ गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने

किस्पाङ गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नम्बर ३ का वडा अध्यक्ष सुरेन्द्र तामाङको उपस्तिथिमा उक्त उन्नत जातका बाख्रा वितरण गरिएको हो ।

साथै, स्थानीय १२ जना एकल तथा विधवा वृद्धा महिलाहरूलाई आर्थिक सहयोग तथा दोसल्ला ओढाई सम्मान गरिएको छ।

संस्थाले सोहि वडामा रहेको पञ्चलिङ्गे माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यालयका विद्यार्थीहरूलाई विद्यालय लेखन तथा खेलकुद सामग्रीहरु प्रदान गरिएको छ ।

ग्रामिण क्षेत्रमा रहेका बालबालिकाको शैक्षिक क्रियाकलापलाई सहयोग पुर्‍याउन विगतका वर्षदेखि नुवाकोटका विभिन्न गाउँपालिकाका नागरिकहरुलाई आयआर्जन बढाउन शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ