३० वैशाख, रसुवा। विदुर नगरपालिकाको दमकले रसुवाको जङ्गलमा लागेको आगलागी दमकल प्रयोग गरिएको छ । शनिबार बिहान आगलागी हुँदा रसुवाको इतिहासमै पहिलोपटक आगलागी नियन्त्रणमा दमकल प्रयोग गरिएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्थित सानो र ठूलो भार्खु क्षेत्रको जङ्गलमा लागेको आगलागी नियन्त्रणको लागि दमकल प्रयोग गरेर थियो ।
आगलागी बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रसुवाको टोली घटनास्थलमा पुगेर नियन्त्रण प्रयासमा लागेका थिए । तर आगलागी बढ्दै गएपछि प्रदेश सरकारको पहलमा विदुर नगरपालिकाबाट दिउँसो ४ बजे दमकल पुगेको थियो ।
सुरक्षाकर्मी, दमकल टोली, राष्ट्रिय निकुञ्ज कर्मचारी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो निभाउने काम जारी छ। यद्यपि आगलागीका कारण स्थानीयवासीको निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।
स्थानिय किसान कामछोवङ तामाङका ४०–४२ वटा टिमुरका बिरुवा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यसैगरी, कामीसीतार तामाङका १० वटा रुद्राक्षका बोट, २ ओखर र ५ टिमुरका बोट समेत आगोले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया