sujim advert

कुमारी बैंकको मोबाईल जित्ने योजना

डबली खबर     बैशाख ३, २०८२

sizen education new intake 2025
ananda Jewellery shop

Kumari Bank win iPhone offer
bidur tax consultancy services in nuwakot

वैशाख ३, काठमाडौं । कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना’ सार्वजनिक गरेको छ ।

ग्राहकहरूले आकर्षक उपहारहरू जित्नसक्ने अवसरसहितको उक्त योजनामा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालार्य १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत दिईने बैंकले जानकारी दिएको छ ।

उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १ सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५ सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारको लागि स्वतः योग्य हुनेछन् ।

यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् ।

साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् ।

यो योजना १ बैंशाख २०८२ देखी ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top