१८ चैत, डबली । नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा मनाईने वर्षबन्धन-२०८१ अर्थात् सिन्दुरे जात्राको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।
आईतबार भैरवी मन्दिर परिसरमा रहेको डबलीमा आयोजित कार्यक्रममा विदुर नगरपालिका-२ का वडा अध्यक्ष दीपक कायस्थ र नेपाल सरकारका प्रतिनिधि (द्वारे) नुवाकोट दरबार मौला अमालका प्रमुख महेन्द्रकुमार शाहीले संयुक्तरुपमा जात्राको कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् ।
नेपालकै लामो जात्राको रुपमा स्थापित यसवर्षको सिन्दुरे जात्रा फाल्गुण शुक्ल पूर्णिमादेखि सुरु भएर २०८२ को वैशाख कृष्ण दशमीको दिन लिङ्गो ढालेपछि सकिन्छ ।
कार्यक्रम तालिका

प्रतिक्रिया