sujim bazar advert

दुप्चेश्वरका एक हजार ९८ जनाले लगाए एचपिभी खोप

डबली खबर     माघ ३०, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

hpv vaccine dupcheshwar
Big Education Consultancy Nuwakot

३० माघ, नुवाकोट । एचपिभी खोपको राष्ट्रिय अभियान अन्तर्गत दुप्चेश्वर गाउँपालिकाका एक हजार ९८ जना किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन् ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार कक्षा ७ देखि १० सम्मका ८ सय २७ जना र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षसम्मका २७ जना किशोरीहरुले खोप लगाएको स्वास्थ्य प्रमुख बाशुदेव श्रेष्ठले जानकारी दिए ।

लक्ष्यभन्दा २७ जना किशोरीहरुले खोप लगाएको छ । जसमा घ्याङफेदी स्वास्थ्य चौकीमा ५ जना, गाउँखर्क, बेतिनी, राउतबेंसी र बालकुमारी स्वास्थ्य चौकीमा २/२ जना र समुन्द्रटार स्वास्थ्य चौकीमा ४ जनाले लक्ष्यभन्दा थपले खोप लगाएका छन् ।

गत माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको अभियानमा खोप स्वास्थ्यकर्मी २५ जना र स्वयंसेवक ५० जना खटिएको गाउँपालिका प्रमुख एवं पालिका खोप समन्वय समितिका संयोजक शंकरबहादुर थापाले जानकारी दिए ।

यस्तै, नियमति एचपिभी खोपमा कक्षा ६ का २४१ जना र विद्यालय नजाने ३ जना गरी २४४ जना किशोरीहरुले खोप लगाएका छन् ।

गाउँपालिकाको वडागत सात स्वास्थ्यचौकीले सोहिअनुसारका विद्यालयलाई केन्द्र बनाई खोप अभियान सञ्चालन गरिएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top