११ माघ, विदुर । नुवाकोटका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने छ । उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियानमा विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए ।
जिल्लाभरि विद्यालय जाने ११ हजार ६१ जना र विद्यालय नजाने १७१ जना गरी कुल ११ हजार १७८ जना किशोरीलाई खोप लगाइने बताए ।
खोप लगाउनका लागि जनस्वास्थ्य कार्यालयले जिल्लाभर ३०४ खोपकर्ता, १ हजार १२३ महिला स्वास्थ्य स्वयंम्सेविका परिचालन गरिने जनाएको छ ।
खोप लगाउनका लागि ३०४ केन्द्र रहेको छ । विदुर नपामा ६४ केन्द्र तोकिएको छ ।
प्रतिक्रिया