११ पुस, काठमाडौँ । नेपालको १७ औँ वाणिज्यको रुपमा स्थापित सिद्धार्थ बैंकले सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो ।
वार्षिकोत्सवमा फुटसल, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरिएको बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले “सिद्धार्थ बैंक २२औं वार्षिकोत्सव अफर” पनि ल्याएको छ ।

प्रतिक्रिया