७ पुस, काठमाडाैँ । लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ सम्पन्न भएको छ । विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ प्रदान गरिएको थियो ।
समारोहमा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल प्रविधिमार्फत पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
अवार्ड समोरोहमा बोल्दै सञ्चारमन्त्री गुरूङले सूचना प्रविधिको विकासमा सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
यस वर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौँ विश्वविद्यालयका संस्थापक प्राध्यापक डा. सुरेशराज शर्माले प्राप्त गरेका छन् । एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिंङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ, कर्णाली प्रदेशका मुख्यमन्त्री, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीलगायतले विजेताहरुलाई अवार्ड प्रदान गरेका थिए ।
आइसिटी अवार्ड २०२४ का विजेताहरू
इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड: क्रिमसन टेक
प्रडक्ट आइसिटी अवार्ड: एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)
राइजिङ स्टार आइसिटी अवार्ड: स्पिकअप नेपाल
द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्डः जियोकृषि
हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : ज्याप सर्भिसेस
डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): एलआरआई स्कुल, काठमाडौं
डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सुकुना माध्यमिक विद्यालय, मोरङ
एनसेल वुमन आइकन आइसिटी अवार्ड: बन्दना शर्मा
पायोनियर आइसिटी अवार्ड: प्रा.डा. सुरेशराज शर्मा
आन्टरप्रेनर आइसिटी अवार्ड: मनोहर अधिकारी
नेपाली डायस्पोरा आइसिटी अवार्ड: नामी बराल
डिजिटल सर्भिसेस आइसिटी अवार्ड: आईएमई पे
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: सर्वोच्च अदालत
साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: हाइफेन एससीएस (भारत)
सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) : डेल्टा टेक, तेजस टेक, अभियान्त्रिक कर्मशाला, आकाश डिजिटल, निन्जा इन्फोसिस, बिजनेश अनलाइन सर्भिस र फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर

प्रतिक्रिया