+
Search

ताजा अपडेट +

पपुलर +

छैटौं संस्करणको डिजिटल डिसेम्बर सुरु

डबली खबर
१ साल अगाडी

काठमाडाैँ, मङ्सिर १८। लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण डिजिटल डिसेम्बर अभियान सुरू भएको छ ।

‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागि विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्नेछ।

यस अभियानमा ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका बैंकका ग्राहकहरूलाई विशेष अफर, सरलीकृत कर दाखिला, सहज बिजुली बिल भुक्तानी, क्रेडिट कार्डमा विशेष अफर, लचिलो वित्तीय समाधान, अन्तर-बोर्डर भुक्तानी योजनाहरू रहेका छन्।

साथै, वित्तीय शिक्षा कार्यक्रम अन्तर्गत ‘डिजिटल संवाद’ कार्यक्रम सञ्चालन गरिने छ। अन्य डिजिटल वित्तीय सेवाप्रदायकसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतनासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमहरू सञ्चालन हुने बैंकले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ