+
Search

ताजा अपडेट +

पपुलर +

अब २५ लाखसम्मको सेयर कर्जा अनलाइनबाटै

global ime bank fast loan against share flash
डबली खबर
१ साल अगाडी

काठमाडौं – ग्लोबल आइएमई बैंकले ‘फास्ट लोन अगेन्स्ट सेयर’ प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने सुविधासहितको उक्त प्लेटफर्म बैंकले सार्वजनिक गरेको हो ।

उक्त डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने बैंकले जानकारी दिएको छ ।

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम २५ लाखसम्म तोकिएको छ ।

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन ।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ