काठमाडौं – सिजी नेपालले चाडपर्वको अवसरमा ‘नेपालका कै अब्बल सिजीसँग खुसी डबल’ योजना ल्याएको छ ।
चौधरी ग्रुपको सिजी ब्राण्डका सामाग्री किन्दा क्यास ब्याकदेखि विभिन्न योजना ग्राहकलाई प्रदान गर्ने कम्पनीको बिक्री प्रबन्धक हरिचन्द्र अर्यालले जानकारी दिए ।
कम्पनीको बिक्री प्रबन्धक अर्यालले सीजी ब्राण्डलाई एउटा सीजी ब्राण्डमा मात्रै सिमित नराखेर मल्टिनेसनल कम्पनीसँग प्रतिस्पर्धा गर्दै जानुपर्ने अवस्था रहेको बताए ।
अफर योजनाअन्तर्गत टिभी, रेफ्रिजेनेरेटर, वासिङ मेसिन, भ्याकुम लगायतमा विशेष उपहार र ६० हजार ५०० नगद क्यासब्याक प्राप्त गर्न सकिने छ ।
सीजी ब्राण्डले नेपालमा पहिलो पटक एन्ड्राेइड टिभी लन्च गर्न सफल भएकाे थियो । टेक्नोलोजीलाई आत्मसाथ गरेका सिजी ब्राण्ड अगाडि बढिरहेको छ ।
कम्पनीले घरायसीदेखि कार्यालय र व्यवसायसम्म बल्बदेखि ठूला सामान बिक्री गरिरहेको छ ।
दसैँ तिहार मेला अन्तर्गत पनि उक्त अफर प्राप्त गर्न सकिने छ।
प्रतिक्रिया