+
Search

ताजा अपडेट +

पपुलर +

विदुर करले मनायो वार्षिकोत्सव

13th anniversary bidur tax consultancy service program
डबली खबर
१ साल अगाडी

विदुर – विदुर कर परामर्श सेवाले आईतबार आफ्नो १३औं वार्षिकोत्सव मनाएको छ ।

नुवाकोट, रसुवा र धादिङमा कर तथा भ्याटसम्बन्धि सेवा दिदैँ आईरहेको विदुर करले आज विदुरमा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका हुन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कर करले होइन रहरले तिर्ने र आत्म खुशी भएर कर तिर्ने वातावरण बनाउन सरकारले कर शिक्षा कार्यक्रम समयसमयमा आयोजना गर्नुपर्ने बताए।

कार्यक्रममा विदुर कर परामर्श सेवाका प्रबन्धक दिनेशकुमार श्रेष्ठले सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिँदै जाने बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले करदातालाई सहजीकरण गरी सहज रुपमा कर तिर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख लक्ष्मी खड्का, नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका कार्यालय प्रमुख किशोर सापकोटा, नुवाकोट कपडा व्यवासायी सङ्घका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठ, नुवाकोट औषधी ब्यावसायी सङ्घका अध्यक्ष टलकमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए।

हालसम्म करिब १६ हजार जना करदाताहरुलाई प्यान, भ्याट दर्ता परामर्श, करचुक्ता, व्यवसाय दर्ता, सवारीसाधानको ब्लुबुक नविकरण लगायतका कर तथा लेखा सम्बन्धी सेवा दिएको विदुर करका निर्देशक रमिला प्रधान श्रेष्ठले जानकारी दिईन् ।

कार्यक्रममा करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख लक्ष्मी खड्काले स्थानीय क्लब र विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई स्थायी लेखा नम्बर तथा कर शिक्षासम्बन्धी विविध विषयमा प्रस्तुतीकरण दिएकी थिईन्।

विदुर कर परामर्श सेवाले कर/भ्याट सम्बधि  शैक्षिक परामर्श, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै सेवाग्राहीहरुलाई आफ्नो वेबसाईट र सामाजिक सञ्जालमार्फत कर सम्बन्धी जानकारीलाई दिँदै आईरहेको छ।

विदुर करले सामाजिक उत्तरदायित्व अन्तर्गत सांस्कृतिक, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ