+
Search

ताजा अपडेट +

पपुलर +

देशभर पुग्यो टेलिकमको एनटी फाइबर सेवा

Nepal Telecom
डबली खबर
१ साल अगाडी

काठमाडौं – नेपाल टेलिकमको एनटी फाइबर (फाइबर टु द होम) सेवा देशभरका जिल्लामा पुगेको छ ।

हुम्लाको सदरमुकाम सिमकोटमा सेवा पुर्याएसँगै नेपाल टेलिकमको सेवा देशभरका ७७ वटै जिल्लामा पुगेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पुर्‍याउन नेपाल टेलिकमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सुरुमा ‘कपर’ प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ