sujim advert

पासाङल्हामुको नामबाट चन्द्रमाको एक भाग नामकरण

डबली खबर     साउन २३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

pasang lhamu crater on ther moon
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं – अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस कुराको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्यसमूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको हो ।

सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘यूएस जिओलोजिकल सर्भे (यूएसजीएस)ले ‘ल्हामु क्रेटर’ नामकरण गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत दूतावासले भनेको छ, ‘पासाङल्हामु शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ ।

दूतावासले अमेरिकाले पासाङल्हामुको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्ने विषय भएको बताएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top